सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा पैसा बाँड्दै हिँडेको अभियोगमा एमाले उम्मेदवारका छोरा पक्राउ
वि.सं.२०७९ मंसिर ३ शनिवार १९:२१
1.34K
shares

सिन्धुपाल्चोक-सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ परेका छन् । शनिबार साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेको स्थानीय दीपक न्यौपानेले जानकारी दिए । प्रहरीको गस्ती टोली देखेपछि उनीहरूले बाँकी पैसा भीरमा फालेको न्यौपानेले बताए ।
इन्द्रावतीमा पैसा बाँडेको सुराक पाएपछि उनलाई पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी रामेश्वर यादवले बताए । एसपी यादवका अनुसार प्रहरीले छत्रको साथबाट १ लाख १४ हजार बरामद गरेको छ ।
वि.सं.२०७९ मंसिर ३ शनिवार १९:२१

















