देशभरको मौसम बदली, कहाँ-कहाँ हुँदैछ वर्षा ? पहाडी भेगमा हिमपातको सम्भावना
वि.सं.२०७८ कात्तिक ७ आइतवार ०७:४७
1.74K
shares

काठमाडौँ : नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका केही भूभागमा आज पनि वर्षा हुनेछ । अहिले वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । अन्य प्रदेशमा पनि थोरै-थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
वि.सं.२०७८ कात्तिक ७ आइतवार ०७:४७

















