skip this

सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- सेनेगलमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति अल बयात स्टेडियममा इंग्ल्यान्डले सेनेगललाई ३-० ले पराजित गरेको हो।

इंग्ल्यान्डको जितमा जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे। खेलको ३८ औं मिनेटमा हेन्डरसनको गोलमा इंग्ल्यान्डले अग्रता बनाएको थियो।

दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा ह्यारी केनले गरे भने तेस्रो गोल खेलको ५७ औं मिनेटमा साकाले गरे। यो जितसँगै इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको भेट पक्का गरेको छ।

आइतबारकै पहिलो खेलमा पोल्याण्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगेको छ। आइतबार पोल्याण्ड र सेनेगल विश्वकपबाट बाहिरिएका छन्।

nijgadh-supermart-adz1200-630