skip this

एमाले नेता एकबहादुर श्रेष्ठ ड्रागन फुड्स हुर्काउँदै

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ) : नेकपा (एमाले) बाराका नेता एकबहादुर श्रेष्ठले निजगढमा ड्रागन फुड्सको व्यवसायिक खेती थालेका छन् । निजगढ ७ योजनाटोलमा १२ कठ्ठा जमिनमा ड्रागन फुड्स खेती गरेका हुन् ।
अन्य खेतीको तुलनामा मनग्य आम्दानी लिन सकिने र रोगसंग लड्ने क्षमता बढी भएको फल भएकाले ड्रागन फुड्सको खेती थालेको निजगढ गाविसका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले भने–‘अन्य किसानलाई समेत यस खेतीतर्फ प्रेरित गर्न आफैले सुरुवात गरेको छु ।’

के छ लागत
व्यवसायिक खेती गर्नका लागि आवश्यक जग्गा, विरुवा, पोल, टायर र मलको आवश्यक पर्दछ । प्रतिकठ्ठा ५० वटा सिमेन्टीको पोलमा प्रतिपोल तीन देखि ४ वटाका दरले विरुवा एक सय ७५ वटासम्म विरुवा रोप्न सकिने श्रेष्ठले बताए । उनका अनुसार एउटा विरुवालाई एक सय ५० देखि एक सय ७५ रुपैँयासम्म पर्दछ भने एउटा पोल एक हजार पाँच सयम्म पर्छ । विरुवा हुर्किएपछि पोलको टुप्पोमा मोटरसाईकलको टायर राख्नुपर्छ । विरुवा रोप्दा एक कठ्ठामा दुई क्वीन्टल जैविक तथा प्राङ्गारिक मल चाहिन्छ । ५० किलोको ४ बोरा मलप्रति बोरा एक हजार ५ सय पर्दछ । पोल तथा विरुवाको लागि खाल्डो खनेर रोपाईप्रति पोल एक सय पर्दछ ।

कति हुन्छ आम्दानी
विरुवा रोपेको दुई वर्षमै पूर्ण रुपमा आम्दानी लिन सकिन्छ । एक पटक विरुवा रोपेपछि २५ वर्षसम्म आम्दानी लिन सकिन्छ । एउटा विरुवाबाट वार्षिक रुपमा २० देखि ६० केजीसम्म उत्पादन हुन्छ । यसको बजार मूल्य ५ सयदेखि एक हजार दुई सयसम्म पर्दछ । ड्रागन फुड्स तीन रङ्गका हुन्छन् । नेता श्रेष्ठले रातो र सेता ड्रागन फुड्स रोपेका छन् ।

 

nijgadh-supermart-adz1200-630