न्यायाधीशहरूलाई प्रधानन्यायाधीश जबराको जवाफ : सडकमा माग्दैमा राजीनामा दिन्नँ
वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:४८
951
shares

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् ।
फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् ।
उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअधियोग लगाऊँ भन्ने संकेत गरेको स्रोतको दाबी छ । अहिले जबरालाई भेटेका न्यायाधीशहरु पुन: छलफलमा छन् ।
वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:४८

















