skip this farak Kura Pravakar

प्रचण्डले भने–आगामी चुनाव चितवनबाटै लड्छु

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन चितवनबाटै लड्ने बताएका छन् ।
       आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले  आफ्ना लागि अबको निर्वाचन अन्तिम हुनसक्ने बताए । उनले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ, पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’
    अर्को प्रशंगमा उनले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले आफ्नो गरिमालाई कायम राख्नुपर्ने बताए ।  अध्यक्ष प्रचण्डले भने, ‘न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँ कतैबाट आँच आउन दिन हुँदैन । अहिले डिबेड चलिरहेको छ । एकदुई दिनमा निष्कर्षमा पुग्छ भन्ने मलाई लाग्छ ।’
     अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर पनि गरे । उनले भने, ‘हिजोमात्र तीन वटा गठबन्धनबीच छलफल भयो, त्यस्तो कुनै समस्या छैन ।’
    फरक प्रसङ्गमा उनले आफूले कुनै निराशाजनक अभिव्यक्ति नदिएको बताउँदै रुपान्तरणको लागि संकल्प गरेको बताए ।

nijgadh-supermart-adz1200-630