skip this farak Kura Pravakar

यी हुन् सशस्त्र प्रहरीको नयाँ प्रवक्ता

753 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ तोकिएका छन् ।
श्रेष्ठलाई सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्र भित्रका समाचारहरू तथा सङ्गठनबाट सम्पादन भएका जनसरोकारका विषयहरू लगायतका विभिन्न सूचनाहरू प्रवाह गर्ने जिम्मेवारी दिइएको हो ।
श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सो जिम्मेवारी बुझ–बुझारथ गर्नुभएको हो ।
त्यस अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आम सञ्चार माध्यम, विज्ञ सञ्चारकर्मीहरू, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरूबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रति हार्दिक आभार प्रकट गरेका थिए ।

nijgadh-supermart-adz1200-630