बाराकी चमिनाले लिईन् नेकपा (एस) को केन्द्रीय सदस्यको सपथ
वि.सं.२०७८ कात्तिक २७ शनिवार २०:३१

बारा : बाराकी चमिना भट्टराई नेकपा (एकिकृत समाजवादी) को कन्द्रीय सदस्यको सपथ लिएकी छिन् ।
पहिलो बैठकमा सपथ गर्न छुटेका केन्द्रीय सदस्यले शनिबार दोस्रो केन्द्रीय कमिटी बैठकमा सपथ ग्रहण गरेका हुन् ।
दोस्रो चरणमा थपिएकी भट्टराईसहित नेकपा (एस) को केन्द्रीय कमिटी तीन सय ३५ पुगेको छ ।
को हुन चमिना
बाराकी पत्रकार चमिना भट्टराईलाई सरकारले संविधान दिवसको अवसरमा जनसेवाश्री पदक प्रदान गरेको छ ।
२०५८ देखि पत्रकारितामा सक्रिय भट्टराई हाल सौर्य दैनिक वरिष्ठ उपसम्पदक छिन् । उनले बाराको सिमराबाट प्रतीक दैनिकमार्फत पत्रकारिता सुरु गरेकी थिईन् ।
विभिन्न पत्रीकामा लेख प्रकाशनमा सक्रिय रहेकी पत्रकार भट्टराई २०४५ देखि बामपंथी राजनीतीमा सामेल छिन् । बिद्यार्थी, युवासघको केन्द्रिय कमिटीमा लामो समय काम गरेकी उनी हाल अनेमसंघकी केन्द्रीय सदस्य हुन् । २०५४ देखि ०६३ सम्म एमाले बारा जिल्ला सदस्य रहेककि उनी नेपाल पत्रकार महासंघ बाराकि पुर्व सचिव हुन् ।
को–को छन् केन्द्रमा
बाराका दिनेश राई पोलिटब्यूरो सदस्य चयन भएका छन् । बाराका सुन्दर विक, विभा कार्की, छविलाल उप्रेती, श्रीप्रसाद साह र चमिना भट्टराई केन्द्रीय सदस्य छन् ।
वि.सं.२०७८ कात्तिक २७ शनिवार २०:३१

















