नेपालको चमत्कारिक प्रदर्शन, यूएईलाई हराउँदै विश्वकप क्वालिफायरमा छनोट

210 shares

काठमाडौं-आईसीसी विश्वकप लिग-२ का अन्तिम तीन श्रृङ्खलामा चमत्कारिक प्रदर्शन गर्दै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको छ।

लिगको अन्तिम खेलमा डीएल मेथडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको हो। 

यो जितसँगै अंकतालिकामा नेपालको ४० अंक पुगेको छ। चौथो स्थानमा रहेको नेपाल तेस्रो स्थानमा उक्लिँदै विश्वकप क्वालिफायरमा पुगेको हो।

यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालका चार ब्याटरले अर्धशतक प्रहार गरे। नेपालका लागि भीम सार्की, आरिफ शेख, कुशल भुर्तेल र गुल्सन झाले अर्धशतक प्रहार गरे।

यो जितसँगै अंकतालिकामा नेपालको ४० अंक पुगेको छ। चौथो स्थानमा रहेको नेपाल तेस्रो स्थानमा उक्लिँदै विश्वकप क्वालिफायरमा पुगेको हो।

यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि अम्पायरले रोकेका थिए। खेल रोकिने वेला डीएल मेथडका आधारमा नेपाल विजयी भएको हो।