एमाले बाराका नेता दुर्गा गाैतमलाई पितृशाेक

204 shares

बारा-नेकपा (एमाले) बारा जिल्ला कमिटी सदस्य दुर्गा गौतमलाई पितृशाेक परेकाे छ ।

निजगढ ५ बागदेवस्थित श्री सार्वजनिक माध्यामिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष समेत रहेका गाैतमका पिता बासुदेव गाैतमको निजगढ-६ स्थित आफ्नै निवासमा बुधबार निधन भएकाे हाे ।

लामाे समयदेखि अस्वस्थ रहेका ८६ वर्षिय गाैतमकाे बुधबार नै अन्तिम दाहसंस्कार गरिएको परिवारजनले जनाएको छ ।

दुख व्यक्त

गाैतमकाे निधनप्रति राजनीतिकर्मीहरुले दुख व्यक्त गरेका छन् । निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै शाेकसंन्तप्त परिवारजनप्रति सपरिवारप्रती गहिरो समवेदना प्रकट गरिएकाे छ ।

नेकपा (माओवादी केन्द्र) मधेस प्रदेशमा सदस्य रविराज दंगाल प्रस्तुत, नेकपा (एमाले) निजगढका उपससचिव थानेश्वर सापकाेटा लगायतले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् ।