माओवादी केन्द्रले आज एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै
वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:४१
g]skfsf cWoIf bfxfn sf7df8f}F, % df3 M g]kfn sDo'lgi6 kf6L{ -g]skf_ bfxfng]kfn ;d"xsf cWoIf k'iksdn bfxfn k|r08Ú ;f]daf/ clvn g]kfn dlxnf ;ª3åf/f sf7df8f}Fdf cfof]lht s]Gb|Lo ;ldltsf] k"0f{ a}7s tyf k|lzIf0f sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;
काठमाडौँ : सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो ।
माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । आज शनिबार ७५३ वटा स्थानीय तहमा को अधिवेशन गर्ने भएको छ। त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ ।
पालिका सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन् । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए ।
पालिका सम्मेलन २५ मंसिरमा हुनेछ । माओवादीले ११-१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।
वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:४१
















