skip this farak Kura Pravakar

स्थानीय सरकारका छोटे राजा ! कार्यकक्षमै सोफामा सुतेर सहयोगीबाट गराउँछन् मसाज

963 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम : धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले आफ्नो कार्यकक्षमै कार्यालय सहयोगीबाट मसाज गर्न लगाएपछि विवादमा तानिएका छन् ।
ढोका बन्द गरेर कार्यकक्षमै कार्यालय सहयोगी करन दासबाट मेयर दासले खुट्टा मसाज गराइरहेको तस्वीर सार्वजनिक भएको हो । अहिले उनको उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
कार्यालयको सोफामा मेयर दास सुतेका छन् भने कार्यालय सहयोगी करन उनको खुट्टामा मसाज गरिरहेके छन् । आफूलाई कम्यूनिष्ट र दलितको नेता कहलाउने मेयर दासले राजा महाराजा शैलीमा कार्यालय सहयोगीबाट मसाज गराएको तस्वीर सार्वजनिक भएपछि उनको जताततै आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमा त कतिपयले उनलाई ‘छोटे’ राज त कसैले ‘सामन्ती’को संज्ञा पनि दिएका छन् । दलितको नारा दिएर ठूल ठूलाहरुले आफुहरुमाथि दमन शोषण गरेको भन्दै रुने कराउने आफै उच्च ओहदामा पुगेपछि आफ्नो चरित्र देखाएको भन्दै उनको आलोचना गर्नेहरुको ओइरो लागेका छन् । मेयर दास दलित भएकै कारण सो नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए ।
मेयर दास नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर हुन् । उनी एमालेमा लागेपछि माओवादीले स्पष्टिकरण समेत सोधेको थियो । मेयर भएर पनि गलत हर्कत गरेपछि उनी पटक–पटक विवादमा तानिदै आएका छन् ।
कहिले दतिलाई नै कुटेर त कहिले गरिबका लागि प्रदेश सरकारले दिएको राहत बाँड्न नसकी नालामा फालेर विवादमा पर्दैै आएका छन् । सामन्ती सोचका मेयर दासमाथि ब्याक रकम अनियमितताको आरोप पनि लागेको छ ।
स्थानीय एक विद्यालयका प्रधानाध्यापकबाट भवन निर्माणको बजेटमा २५ प्रतिशत कमिशन माग्दा आन्दोलन नै चर्केको थियो । हरेक विकास निर्माणको काममा उपभोक्ता समिति र ठेकेदारसँग २५ प्रतिशत कमिशत लिने गरेको आरोप पनि उनीमाथि छ । यसवर्ष गोप्य रुपमा नगरसभा गरेपछि ढुङ्गामुडा नै भएको थियो ।
भ्याक्सिनले सन्चो भएन

मेयर दासले कोरोना भाइरसको भ्याक्सिन लिएपछि बिरामी भएकाले नातामा भाई पर्ने कार्यालय सहयोगीबाट मालिस गर्न लगाएको प्रतिक्रिया दिएका छन् । कार्यालय सहयोगी करन काकाका छोरा हुन् भन्दै अरु काम नपाएको र विदेश जान पनि नसकेकाले आफूले नगरपालिकामा काम लगाइदिएको मेयर दासको भनाई छ ।

nijgadh-supermart-adz1200-630