माईजुले बेपत्ता पारेकी १० वर्षीया सुजितालाई चितवनमा भेटियो (भिडियोसहित)

वि.सं.२०७८ साउन २४ आइतवार ०८:२७

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ की १० वर्षीया बालिका हराएको ४ दिनपछि फेला परेकी छन् । आफ्नै घरबाट हराएकी बालिका सुजिता बि.क. ४ दिनपछि शुक्रबार चितवनको भण्डारामा फेला परेकी हुन् ।
साउन १९ गते मंगलबार भाई नाता पर्ने गणेश बि.क.ले साथमा लिएर आएकी ं.वर्ष १८ कि दोलखा माकापौवा वडा नं.०४ घर भएका निर्मला तामाङ्गले जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.२२ ड्राइभर डाँडा टोल बस्ने गंगा बि.क.को छोरी बर्ष १० की सुजिता बि.क.लाई ललाईफकाई हेटौडातर्फ लगेकी थिईन् ।
हेर्नुस् भिडियो
सोही दिन बालिका हराएको जानकारी पाएको बारा प्रहरीले खोजी कार्य जारी राखेको थियो । हराईरहेको बालिकालाई निर्मलाको साथबाट शुक्रबार फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारीदिनुुभयो ।
एउटा ट्रक चालकले आज टिकौलीको जंगलमा ना.८ ख. ३७५८ नम्बरको टिपरमा दुुबै जना चढेको देखी बारा प्रहरीलाई खबर गरेका थिए । चितवन प्रहरीको समन्वयमा बालिका सहित निर्मलालाई पक्राउँ गरिएको बारा प्रहरीले जनाएको छ ।
निर्मलाले के उद्देश्यले बालिकालाई बेपत्ता पारेको हो भन्ने बिषयमा बारा प्रहरीले अनुुसन्धान गरिरहेको छ ।प्रहरीले यसअघि नै निर्मलालाई विवाह गर्ने भन्दै घर ल्याएका मामाको छोरा पर्ने गणेश विकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

वि.सं.२०७८ साउन २४ आइतवार ०८:२७