नगरवासीलाई रोग लाग्न नदिनु काठमाडौं महानगरको पहिलो प्राथमकिता होः सुनिता डंगोल
वि.सं.२०८० जेठ २० शनिवार १३:४७

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको काठमाण्डौ महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलको भनाई छ । आज काठमाडौंमा नेपाल मधुमेही समाज र महानगरका जनप्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नगरवासीलाई रोग लागेपछिको उपचारभन्दा पनि रोग लाग्न नै नदिने उपायबारे महानगरले काम गरिरहेको बताइन् ।
देश विकासका लागि जनप्रतिनिधिहरूको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको उनले बताइन् । धेरैजना जनप्रतिनिधिहरू प्रेसर र मधुमेहको रोगी रहेको भन्दै कार्यक्रमले धेरै सहयोग पुग्ने उनको भनाइ छ ।
‘धेरैजना प्रतिनिधिहरू प्रेसरको पेसेन्ट हुनुहुन्छ । धेरैजना औषधि खानुहुन्छ, उनले भनिन्, स्वास्थ्य रहे हामी सबै छौँ, नरहे केही पनि छैन । इच्छाशक्ति भएर नहानगर प्रमुख बालेन्द्र शाह देशबाहिर भएकोले हाल उनले कार्यबाहक प्रमुखको जिम्मवारी सम्हालिरहेकी छिन् ।
उनले भनिन् ‘आफ्नो मात्रै नभइ आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरुले वडामा जनचेतनामुलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुँनेछ । त्यसैले पनि हामी रोग लाग्न नै नदिनेतर्फ जान सक्छौँ । रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो ।’ अहिले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेकी डंगोलले यस्ता कार्यक्रमहरुले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताएकी छन् । अहिले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेकी डंगोलले यस्ता कार्यक्रमहरुले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताएकी छन् ।
वि.सं.२०८० जेठ २० शनिवार १३:४७
















