skip this

संसदीय सुनुवाइ समिति बैठक  : प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिने

804 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा आज बिहान ११ बजे बस्ने गरी समितिको बैठक बोलाइएको छ ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी खोलेर सदस्यहरुलाई वितरण गर्ने कार्यतालिका छ । यही १६ जेठमा १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको थियो ।

सो समयमा परेका उजुरी आज बस्ने बैठकमा खोल्ने र वितरण गर्ने संघीय संसदका उपसचिव विमला घिमिरेले जानकारी दिइन् । प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल गरी निर्णय गरिने बैठकको एजेण्डा रहेको छ ।

nijgadh-supermart-adz1200-630