skip this

हेमन्त कान्छा र प्रेमाको ‘मयालाई’ मा विजय र शरिष्माको अभिनय

924 shares
oil-nigam-amlekhgunj-adv.jpeg
काठमाडौं । गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीको पन्चेबाजाको नयाँ गीत मयालाईको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतको भिडियोमा  हेमन्तलाई स्वरमा गायिका प्रेमा पुर्जाले साथ दिएकी छन् ।

जसमा शब्द राजकुमार बगरको रहेको छ भने संगीत प्रेमा पुर्जाको रहेको छ । भिडियोमा  एरेन्ज गायक स्वयमकै रहेको छ भने मिक्सिगं तथा मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ ।

लगनको महिनालाई लक्षित गरेर गायक हेमन्तले बजारमा ल्याएको पञ्चेबाजाको सार्वजनिक भिडियोमा मोडलद्धय बिजय पुन र शरिष्मा मगरको रोमान्टिक नृत्य देख्न सकिन्छ । छमछम नचाउने शैलिको  भिडियोमा  शरिष्मा र विजय गज्जबसँग खुलेर नाचेका छन् ।

निरन श्रेष्ठको कोरियोग्राफी रहेको सार्वजनिक गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हुन् । राम केसीको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन  । भिडियोको निर्माण गायिका तथा संगीतकार प्रेमा पुर्जाले गरेकी हुन् ।

भिडियो : https://youtu.be/7gzlW4RkHt0

nijgadh-supermart-adz1200-630