हेर्दाहेर्दै अन्माएर’मा विजय पुन र सोनीको अभिनय
वि.सं.२०८० असार ९ शनिवार १३:२३
1.37K
shares

काठमाडौं । गीतकार हिरा काजी थापाको शब्दमा तयार ‘हेर्दाहेर्दै अन्माएर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत रहेको छ । जसमा आफूलाई भन्दा बढी माया गरेकी प्रेमीकाले धोका दिएर पराईसँग विवाह गएको दृश्यले धेरैको मन छुन्छ ।
प्रेम, रोमान्स र विरहले भरिएको सार्वजनिक गीतको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्वय विजय पुन मगर र सोनी ढुंगानाको अभिनय छ । भिडियोमा देव दोर्जे लामाको छायांकन, साजन शाहको मिक्सिङ मास्टरिङ तथा नविन निरौलाको कलर तथा सम्पादन छ ।
नृत्य निर्देशक प्रमोद भण्डारी सल्लाहकार रहेको सार्वजनीक गीतको भिडियो गीतकार तथा निर्माता एवं निर्देशक थापाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।
हेर्नुहोस् गीतको भिडियो : https://youtu.be/f_SwFHrpuhs
वि.सं.२०८० असार ९ शनिवार १३:२३
















