नेपाल एसबीआई बैंकले ऋणपत्र जारी गर्दै
वि.सं.२०८० असार ३१ आइतवार १७:३०
1.02K
shares

काठमाडौ । नेपाल एसबीआई बैंक लिमिटेडले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड९सेबोन०ले नेपाल एसबीआई बैंकलाई ऋणपत्र जारी गर्ने अनुमति दिएको हो। यो बैंकले अब ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्ने छ। जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।
नेपाल एसबीआई बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। नेपाल एसबीआई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
वि.सं.२०८० असार ३१ आइतवार १७:३०

















