skip this farak Kura Pravakar

अवैध भरुवा बन्दुकसहित दुईजना पक्राउ

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कैलालीको कैलारी गाउँपालिका–६ खरुवाखेडा बस्ने ५२ वर्षीय नारायण प्रशाद चौधरीलाई भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग हुने ६६ पिस फलामको छर्रा, बारुद ४ डिब्बा र सिसाका टुक्राहरू १० पिससहित प्रहरीले पक्राउ गरेको छ ।

चौधरीको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिक–१४ राम्चे बस्ने ४० वर्षीय गोविन्द दर्लामीलाई अवैध भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घरबाट उक्त भरुवा बन्दुक फेला उनलाई पक्राउ गरेको हो ।

nijgadh-supermart-adz1200-630