घट्यो मौद्रीक नीति : ६.५ प्रतिशत कायम

वि.सं.२०८० साउन ७ आइतवार १४:००
372
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८०÷८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आज वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले ७ प्रतिशत रहँदै आएका नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको हो ।
नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमा लागत कम पर्न जानेछ । त्यस्तै हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशत कायम गरिएको छ ।
त्यस्तै सार्वजनिक मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाएर २ करोड पु¥याएको छ । शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

वि.सं.२०८० साउन ७ आइतवार १४:००