skip this farak Kura Pravakar

संसदीय दलको नेतामा मन नडुलाउन महामन्त्री थापालाई मिनेन्द्र रिजालको सुझाव

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । महामन्त्री गगन थापाले संसदीय दलको नेतामा मन नडुलाए सभापति देउवा र महामन्त्री दुवैको इन्ट्रेस्ट नबाँझिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले धारणा राखेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा रिजालले गगन थापालाई संसदीय दलको नेतामा मन नडुलाउन सुझाएका छन् ।

डाक्टर रिजालले भने,‘सभापतिको पनि २०८४को निर्वाचनमा पार्टी राम्रो बनोस् बलियो बनोस भन्ने छ,महामन्त्री थापा पनि ०८४ सम्म यति काम गरौं र त्यसपछि पार्टीलाई मज्जैले अगाडि लैजान सकिन्छ भनेर लाग्नुभएको छ ।

तर,दुवैको मत कहाँनिर बाँझियो भन्दा खोज्दै जाँदा मलाई लाग्यो यो संसदीय दलको खनायो छनि त्यतातिर मन नडुलाए देखि सभापति र महामन्त्रीको ध्यान एकै तर्फ हुन्छ जस्तो लाग्यो ।’ त्यस्तै,उनले पार्टीमा निणर्य गरिहान्ने तर कुनै पनि निर्णयलाई अन्तिम सम्म लैजानको लागि कार्यान्वयन गर्ने प्रवृति नभएको भन्दै त्यस्तो प्रवृतिबाट बाहिर आउनुपर्ने धारणा राखका छन् ।

nijgadh-supermart-adz1200-630