बोलबमका तीर्थालु चढेको गाडी बागमती सिंचाइको नहरमा खस्यो
वि.सं.२०७८ साउन २५ सोमवार १०:०९
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका १ नुनथरमा बोलबमका तीर्थालु चढेको गाडी आज विहान दुर्घटना भएपछि एक जनाको मृत्यू भएको छ ।
ना. ५ च. ३६६६ नम्बरको बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा खसेको हो ।
सडकभन्दा ५० मिटर तल नहरमा गाडी खसेपछि त्यसमा सवार बारा गढिमाईकी ४५ वर्षीया मीनादेवी कोइरीको मृत्यू भएको प्ररीले जनाएको छ । गाडीमा सवारी अन्य पाँच जना घाइते भएका छन् ।
यो पनि पढ्नुहोस् :
बागलुङमा जिप सडकदेखि करिब ४० मिटर तल खस्यो : ६ जना घाइते, २ जनाको अवस्था गम्भिर
बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
गाडीमा २० जना सवार थिए । दुर्घटनामा परेको अवस्थामा १३ जनाको सकुशल उद्धार गरिएको छ ।
वि.सं.२०७८ साउन २५ सोमवार १०:०९