बाढीले बगाउँदा आमा-छोराको मृत्यु

वि.सं.२०७८ साउन २५ सोमवार २०:०७
1.34K
shares

दाङ : दाङको ग्वार खोलाले बगाउँदा आमा-छोराको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनीकी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुवै जनाको मृत्यु भएको हो ।
उनीहरुको शव दुई किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

वि.सं.२०७८ साउन २५ सोमवार २०:०७