माओवादी महाधिवेशन : बन्दसत्र भोलि ११ बजे सुरु हुने
वि.सं.२०७८ पुस ११ आइतवार २०:१०
651
shares

काठमाडौँ : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार हुने भएको छ ।
माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भयो । उद्घाटनसत्र सकिएसँगै सोमबारबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । नेता जनार्दन शर्माका अनुसार सोमबार विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ ।
देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् । १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।
वि.सं.२०७८ पुस ११ आइतवार २०:१०

















