कश्मीरमा गोली हानाहान : ३ आतङ्ककारीको मृत्यु
वि.सं.२०७८ पुस १२ सोमवार ०६:३८
1.58K
shares

काठमाडौँ : भारत नियन्त्रित कश्मीरमा दुई छुट्टाछुट्टै गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पुलवामा जिल्लाको त्रालमा दुई आतङ्ककारीको मृत्यु भएको र अनन्तनाग जिल्लाको श्रीगुफ्वारा क्षेत्रमा एकजनालाई गोली हानेर मारिएको प्रहरीले आइतबार बताएको हो ।
प्रहरी, सेना र अर्धसैनिक बलको संयुक्त टुकडीले विद्रोहीहरूको उपस्थिति रहेको संकेत गर्ने विशेष गुप्तचर सूचनाको आधारमा गाउँहरू घेरेपछि दुवै ठाउँमा बन्दुकधारीहरूले गोली चलाएको प्रहरी प्रवक्ताले बताए ।
झडपमा सरकारी सेनालाई कुनै क्षति नभएको पनि जनाइएको छ ।
वि.सं.२०७८ पुस १२ सोमवार ०६:३८

















