कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुरमा विद्यालय बन्द
वि.सं.२०७८ पुस २३ शुक्रवार १४:१८
1.34K
shares

दाङ : विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा आगामी माघ ३ गतेसम्म पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको हो ।
तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेख माघ ३ गतेसम्म ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाका शिक्षा समिति संयोजक कुमार लामिछानेले बताए ।
हेर्नुहोस् उपमहानगरपालिकाको सूचना :-

वि.सं.२०७८ पुस २३ शुक्रवार १४:१८
















