एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

504 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आज बस्दैछ । महासचिव घनश्याम भुसालले आज बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।

भुसालका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो ।

सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकोले महाधिवेशन सर्ने भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । उनका अनुसार बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिनेछ ।

 

nijgadh-supermart-adz1200-630