skip this

मन्त्री रिजालले गरे सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ्ग स्टेशन उद्घाटन (फोटो फिचर)

कसले के भने ?

1.81K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ्ग स्टेशन उद्घाटन गरिएको छ ।

उद्योग विणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ट्याङकरमा रिवन काटे भने शिलालेखमा अनावरण गरेर रिफ्यूलिङ्ग स्टेशनको सेवा शुभारम्भ गरेका हुन् ।

सिमरा विमानस्थलको उद्धार तथा अग्नि निवारण भवनको प्राङ्गणमा आईतबार आयोजित विशेष समारोहका लागि काठमाडौंबाट बुद्ध एयरबाट ओर्लिए लगत्तै धावनमार्ग छेउमै राखिएको ट्याङकरमा बाधिएको रिवन काटेका थिए ।

त्यहाँबाट कार्यक्रम मञ्चमा लगिएको थियो । दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका मन्त्री रिजालले अग्नि निवारण भवन छेउमा निर्माण गरिएको शिलालेख अनवरण गरेका थिए ।

नेपाल आयल निगमले आयोजना गरेको कार्यक्रममा निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक ई. विरेन्द्र गोइतले र सञ्चालन सहायक प्रवन्धक चित्रबहादुर लम्तरी मगरले गरेका थिए ।

कार्यक्रममा मन्त्री रिजाल, नेपाल आयल निगमका कार्यकारी निर्देशक ई. उमेश प्रसाद थानी, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, नेपाल नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुर, निर्देशक बिनी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कसले के भने ?

मूल्य यथास्थितिमा राख्न अवस्था छैन : उद्योगमन्त्री रिजाल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको मूल्यलाई यथास्थितिमा राख्ने अवस्था नभएको बताएका छन् ।

उद्योगमन्त्री रिजालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा नबढाउने र मूल्य घट्दा घटाउने गरेकोले यो अवस्था लामो समय नटिक्ने बताए ।

यसअघि आयल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर २ सय रुपैयाँ वृद्धि गर्दा चौतर्फी विरोधपछि बढेको मूल्य फिर्ता लिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल

‘हामी राज्यको एउटा एकाइको नाताले सरकारको आग्रहमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेका छौँ, भविष्यमा सकेसम्म जनतालाई कम मूल्यमा पेट्रोलियम पदार्थ उपलब्ध होस् भन्ने हाम्रो आकाङ्क्षा हो । तर यसरी मूल्य यथावत् राख्ने अवस्था छैन,’ उद्योग मन्त्री रिजालले भने, ‘ग्यासमा हामीलाई २५० रुपैयाँ घाटा छ, यसलाई यथास्थितिमा राख्न कठिन छ, तैपनि कोसिस गरिरहेका छौँ आयल निगमका सीईओलाई म अनुरोध गर्दछु ग्यासमा आम जनताको उपभोगका लागि कम मूल्यमा र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा बढी मूल्य राखेर बिक्री गर्दा हामीले धेरै घाटा कम गर्न सक्छौँ ।’

उद्योगमन्त्री रिजालले आम जनताले उपभोग गर्ने ग्यास र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासको विषयमा मन्त्रालयमा छलफल भइरहेको बताए ।

अब चाँडै नै भरतपुर र जुम्लामा पनि : थानी

आयल निगमका कार्यकारी निर्देशन उमेशप्रसाद थानीले नेपाल आयल निगम व्यापारिक संस्था भए पनि राज्यको पूर्ण स्वामित्वको संस्था भएकोले सेवामूलक भएको बताए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक ई. उमेश प्रसाद थानी

‘मन्त्रीज्यूको प्रत्यक्ष निर्देशनमा सिमरा विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ्ग स्टेसनको काम तदारुकता साथ ग¥यौँ, भरतपुर, सिमरा र जुम्ला विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ्ग स्टेसन राख्ने हाम्रो नीति तथा कार्यक्रममा पनि थियो,’ थानीले भने, ‘सिमरा विमानस्थलमा रिफ्यूलिङ्गको काम सुरुवात भएको छ । अब चाँडै नै भरतपुर र जुम्लामा पनि गर्ने जानकारी गराउँदछु ।’

प्रयास सफल भयो : मेयर पौडेल

कार्यक्रम जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सिमरा विमानस्थलमा रिफ्युलिङ्ग स्टेसन राख्ने ३ महिनादेखिको प्रयास सफल भएको बताए । पौडेलले विगतमा सिमरा विमानस्थलबाट पोखरा हुँदै आएको हवाई उडान सुचारु गर्न पहल गरिदिन मन्त्री रिजालसँग अनुरोध गरे ।

जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेल

उनले सिमरा विमानस्थल विस्तारको लागि आवश्यक सहयोग गर्न उपमहानगरपालिका तयार रहेको प्रतिवद्धता जनाए । निजगढ विमानस्थल निर्माण अघि बढाउने कार्यमा नेतृत्व गर्न मन्त्री रिजाललाई मेयर पौडेलले अनुरोध गरेका थिए ।

हेर्नुस् तस्वीरहरु :

nijgadh-supermart-adz1200-630