निजगढ बजारमा नक्कली नाेट बाेकेर माछा किन्न खाेज्ने दिपेन्द्र प्रहरी फन्दामा
मजदुरीकाे पारिश्रमिक भएको बयान
वि.सं.२०८० फागुन ११ शुक्रवार ०९:२२

बारा-बाराकाे निजगढ बजारमा नक्कली नाेट दिएर माछा किन्न खाेज्ने एक युवक प्रहरीकाे फन्दामा परेका छन् ।
बारागढी गाउँपालिका वडा नं. २ दौरवा टोलका ३४ वर्षिय दिपेन्द्र माझीले एकहजार नेपाली नक्कली नाेट दिएर हाट बजारबाट माछा किनेका थिए ।
माछा व्यापारीले नक्कली नाेट भएको पत्ताे पाएपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । ईलाका प्रहरी कार्यालय निजगढकाे टाेलीले पक्राउ गरेर खनतलासी गर्दा नक्कली नाेट थप एक हजार फेला परेकाे छ ।
पक्राउ परेकाे दिपेन्द्रमाथि मुद्रा सम्बन्धि कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबा पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस नाेटमार्फत जानकारी गराएको छ ।
यसैबीच दिपेन्द्र निजगढमा घर निर्माण मजदुर भएको खुलेकाे छ । उनलेे ठेकेदारबाट पारिश्रमिक बापत पाएकाे नाेट नक्कली परेकाे बयान दिएको स्राेतले जनाएको छ ।
वि.सं.२०८० फागुन ११ शुक्रवार ०९:२२

















