चितवनमा अपाङ्गता बालबालिकाकाे शिक्षामा कार्यरत इन्क्लुसिव फ्यूचरर्स ग्लोबल अवार्ड जित्यो
अन्तराष्ट्रिय सम्मेलनमा शून्य परियोजना पुरस्कार घाेषणा हुने
वि.सं.२०८० फागुन ११ शुक्रवार १६:४८
काठमाडौं-शिक्षामा प्रशंसनिय काम गरे वापत इन्क्लुसिव फ्यूचरर्स परियोजनाले `शून्य परियोजना पुरस्कार´ पाउने भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको संस्थाहरूसँग सहकार्य गरेर शिक्षामा नविनतम साथै उदाहरणिय काम गरेकोमा इन्क्लुसिव फ्यूचरर्स परियोजनाले सो ग्लोबल अवार्ड जितेको हो ।
नेपालमा इन्क्लुसिव फ्यूचरर्स परियोजना ह्यान्डिक्याप इन्टरनेशनल (ह्युमनिटी एण्ड इन्क्लुजन) को पहलमा शुरूवात गरिएको हो । जसको नेतृत्व साइटसेभर्सले गरेको छ भने वित्तिय सहयोग यूकेएडले गरेको छ । जसको उद्देश्य भनेको कोही पछाडि नपरून (नो वन लेफ्ट विहाइन्ड) भन्ने हो । त्यसैले यस परियोजनाले हरेक बालबालिकाको शिक्षामा पहुँच पुर्याउने कुरा सुनिश्चित गर्ने काम गरिरहेको छ ।
शून्य परियोजना पुरस्कार विश्वभरबाट अपाङ्गता समावेशीकरणका लागि नविनतम परिवर्तनकामी तथा मापनयोग्य काम गरेवापत प्रदान गरिन्छ ।
यो पुरस्कार अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय सम्मेलनमा डिसेम्बर ३ तारिकको अवसर पारेर घोषणा गरिन्छ । यस वर्षको शून्य परियोजना पुरस्कार २१ देखि २३ फ्रेब्रुअरिसम्म भियनामा सञ्चालन हुने शून्य परियोजना सम्मेलन मार्फत प्रदान गरिनेछ ।
नेपालमा, इन्क्लुसिव फ्यूचरर्स परियोजनाले वाग्मती प्रदेशको कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा काम गरिरहेको छ ।
जसले उच्चस्तरको आवश्यकता र सीमान्तकृत जातीय समूहका व्यक्तिहरूको महत्वपूर्ण अनुपात भएका समुदायहरूलाई लक्षित गरेको छ ।
सन् २०२२ देखि २०२३ सम्म यस परियोजनाले कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका लगभग एक सय ५० विद्यालयका झण्डै ३० हजार बालबालिकाहरूलाई अपाङ्गताका साथै कार्यगत सिमितता पहिचानको लागि जाँच गरेको थियो ।
फलस्वरूप, कार्यगत सिमितता र अपाङ्गता भएका लगभग दुई हजार दुई सय बालबालिकाहरूले हाल विद्यालय वा गृहआधारित शिक्षा (होमवेस्ड एजुकेशन) मार्फत शैक्षिक सहायता प्राप्त गरिरहेका छन् ।
यस तथ्याङ्कले विद्यालयहरूमा बालबालिकाहरूको आवश्यकताको बारेमा चेतना जगाउन, समावेशी शिक्षाको लागि स्थानीय सरकारबाट प्रतिबद्धता निर्माण गर्न र स्थानीय शिक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्नेछ ।
पुरस्कारको बारेमा आफ्नो धारणा राख्दै इन्क्लुसिव फ्यूचरर्सका कार्यक्रम निर्देशक जोहन्स ट्रिमेलले `हामी यो पुरस्कार प्राप्त गर्न पाउँदा अत्यन्त खुसी भएका छौं´, उनले भने-जब अपाङ्गता भएका व्यक्तिहरू र अपाङ्गता भएका व्यक्तिहरूले प्रतिनिधित्व गरेका संस्थाहरू विकास सम्बन्धी कार्यक्रमहरूबाट बाहिर रहन्छन, तब उनीहरू आफ्ना सहकर्मीहरू भन्दा पछाडि छोडिने सम्भावना बढी हुन्छ र उनीहरू जुन समाजमा बस्छन् त्यो समाजलाई एउटा आकार दिन र रूपान्तरण गर्नबाट पनि वञ्चित हुने सम्भावना बढी हुन्छ ।´
यस परियोजना अपाङ्गता भएका बालबालिकाहरूको पहिचानलाई मुख्य जोड दिएर व्यापक हस्तक्षेपहरू (इन्टरभेन्सन) कार्यान्वयन गर्नमा केन्द्रित छ ।
समावेशी शिक्षा परियोजनाहरू मार्फत, इन्क्लुसिव फ्यूचरर्सको पहलले अपाङ्गता भएका बालबालिकाहरूलाई विद्यालय जानबाट रोक्ने बाधाहरूलाई संवोधन गर्दछ । जसमा बहु तथा जटिल खालका अपाङ्गता र अन्य सिकाइ सम्बन्धी सहायता आवश्यक पर्ने बालबालिकाहरूलाई समावेश गरिएको छ ।
ह्याण्डिक्याप इन्टरनेशनल (ह्युमनिटी एण्ड इन्क्लुजन) नेपालमा अपाङ्गताको क्षेत्रमा सन् २००० देखि निरन्तर रूपमा काम गर्दै आइरहेको छ ।
यो अपाङ्गता भएका व्यक्तिहरू तथा अन्य संकटासन्न समुदायको समावेशी विकासको क्षेत्रमा विशेषज्ञता भएको अन्तर्राष्ट्रिय गैरसरकारी तथा गैरनाफामूलक संस्था हो ।
वि.सं.२०८० फागुन ११ शुक्रवार १६:४८