आज १० हजार २५८ संक्रमित थपिए
वि.सं.२०७८ माघ ४ मंगलवार १६:५०
1.37K
shares

काठमाडौँ : नेपालमा थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१७ हजार ८७२ जनाको पीसीआर र ४ हजार ९५६ जनाको एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा ५६२ जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा एक संक्रमितको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।
वि.सं.२०७८ माघ ४ मंगलवार १६:५०

















