जीतपुरसिमरा शिक्षा समितिको निर्णय : दुई विद्यालय गाभिए, ७ विद्यालयको कक्षा घटुवा (सूचीसहित)
वि.सं.२०८१ जेठ ७ सोमवार २२:१२

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका ९ वटा विद्यालय घटुवा भएका छन् ।
कक्षा १, ५ र ८ सम्म सञ्चालन हुँदै आएका घटुवा र नजिकका विद्यालयमा समायोजन गरिएको हो ।
नगर शिक्षा समितिको सोमबार बसेको बैठकले विद्यालयलाई घटुवा र समायोजन सम्बन्धि निर्णय गरेको हो ।
नेपालको संविधान २०७२ ले आधारभूत तथा माध्यमिक शिक्षालाई एकल अधिकारको सूचीमा राखे अनुरुप, स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ३ को दफा ११ को खण्ड ज को १२ नं। वुदामा विद्यालयको नक्साङ्कन, अनुमती, स्वीकृति, समायोजन तथा नियमन सम्बन्धी व्यवस्था, शिक्षा ऐन, २०२८ को दफा १५ मा विद्यालय समायोजनको व्यवस्था, शिक्षा नियमावली, २०५९ को परिच्छेद २ को नियम १२ क मा विद्यालय गाभ्न लिइने आधार, उपमहानगरपालिकाको नगर शिक्षा ऐन, २०७५ को परिच्छेद २ को दफा ४ को उपदफा १ र जीतपुरसिमरा उपमहानगरको सामुदायिक विद्यालय समायोजन कार्यविधि, २०७९ बमोजिम सामुदायिक विद्यालयहरुको विद्यालय समायोजन तथा कक्षा घटुवा गर्ने निर्णय भएको हो ।
कुन विद्यालय घटुवा भएर कहाँ भए समायोजन ?
१.कक्षा ५ सम्म अध्यापन गराउँदै आएको जीतपुरसिमरा वडा नं. १ श्री थानीमाई आधारभूत विद्यालय कक्षा ३ सम्म घटुवा भएको छ भने कक्षा ४ र ५ लाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा समायोजन
२. कक्षा ८ सम्म अध्यापन गराउँदै आएको जीतपुरसिमरा वडा नं. ३ बजनीस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा ५ सम्म घटुवा र कक्षा ६ देखि ८ सम्मलाई श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा समायोजन
३. कक्षा ८ सम्म अध्यापन गराउँदै आएको जीतपुरसिमरा वडा नं. १६ कतर्वास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा ५ सम्म घटुवा र कक्षा ६ देखि ८ सम्मलाई श्री जन जागृती माध्यमिक विद्यालय सखुवाघाटमा समायोजन
४. कक्षा ४ सम्म अध्यापन गराउँदै आएको जीतपुरसिमरा वडा नं. १४ थारुटोलस्थित श्री प्रगती आधारभुत विद्यालय कक्षा २ मा घटुवा र कक्षा ३ र ४ लाई श्री जनता माध्यमिक विद्यालय रजघट्टामा समायोजन
५. कक्षा ८ सम्म अध्यापन गराउँदै आएको जीतपुरसिमरा वडा नं. १८ बडहर्वास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा ५ सम्म घटुवा र कक्षा ६ देखि ८ सम्मलाई श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुरमा समायोजन
६. कक्षा ५ सम्म अध्यापन गराउँदै आएको जीतपुरसिमरा वडा नं. १८ कुश्माडीस्थित श्री सुर्य विनायक आधारभूत विद्यालयलाई श्री वालवालिका आधारभूत विद्यालय लामिडाँडामा समायोजन
७. कक्षा ५ सम्म अध्यापन गराउँदै आएको जीतपुरसिमरा वडा नं.१५ भवानीपुरस्थित श्री बालज्योती आधारभूत विद्यालयलाई कक्षा ५ सम्म घटुवा र कक्षा ६ देखि ८ सम्मलाई श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानामा समायोजन
८. कक्षा ८ सम्म अध्यापन गराउँदै आएको जीतपुरसिमरा वडा नं.२ दशविगाहास्थित श्री सरस्वती आधारभूत विद्यालयलाई कक्षा ५ सम्म घटुवा र कक्षा ६ देखि ८ सम्मलाई श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा समायोजन
९.कक्षा ८ सम्म अध्यापन गराउँदै आएको जीतपुरसिमरा वडा नं. १ दुधौरास्थित श्री शिव पार्वती आधारभूत विद्यालयलाई श्री नेपाल राष्ट्रिय माध्यमिक विद्याल पथलैयामा समायोजन
वि.सं.२०८१ जेठ ७ सोमवार २२:१२
















