सिमरा एयरपोर्ट सुरक्षा दलमा कार्यरत कार्यालय सहयाेगी रुम्बाकाे हत्या

वि.सं.२०८१ पुस ६ शनिवार १३:०३
2.15K
shares

बारा-सिमरा विमानस्थलकाे विमान सुरक्षा दलकाे कार्यालय सहयाेगी बाराकाे जीतपुरसिमरा १ सेन्डीगेटका राजकुमार रुम्बाकाे हत्या भएको छ ।
जीतपुरसिमरा ११ अमाडारस्थित पुल छेउमा शनिबार विहान कारमा हत्या भएको अवस्थामा रुम्बाकाे शव फेला परेकाे हाे ।
कारकाे ड्राइभिङ सिटमा रहेका रुम्बाकाे टाउकाेकाे पछाडी भागमा गहिराे चाेट देखिएकाे छ । घटनास्थलबाट कुनै गाेली, हतियार भेटिएकाे छैन ।
हत्याकाे कारण खुलेकाे छैन । शव परीक्षणकाे लागि नारायणी प्रादेशिक अस्पतालमा पठाईएकाे छ ।

वि.सं.२०८१ पुस ६ शनिवार १३:०३