skip this yams_Max_Hospital.jpeg

जीतपुरसिमरा नगर सभा विवाद : मेयर र प्रमुख प्रशासकीय अधिकृतको पक्षमा फैसला !

निर्देशनात्मक आदेशसहित रिट खारेज

2.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगर सभाको विषयलाई लिएर उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा परेको रिट खारेज भएको छ ।

१० असारमा सम्पन्न नगर सभा सञ्चालनको विषयमा असन्तुष्ट समुहको नेतृत्व गर्दैै वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेलले दायर गरेको रिट माग दावि खारेज भएको हो ।

माननिय न्यायधिश ऋषिराम निरौला र माननिय न्यायधिश भरत लम्सालको संयुक्त ईजलासले निर्देशनात्मक आदेशसहित रिट खारेज गरेको हो ।

मेयर राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले विरुद्ध उपमेयर भोलाप्रसाद अधिकारीसहित ९१ जनाले २३ असारमा रिट दायर गरेका थिए ।

अदालतको फैसलासँगै नगर सभा विवाद टुङ्गिएको छ ।

यसैविच निवेदक हरिदेव खरेलले समाजिक सञ्जालमार्फत रिट खारेज भएको जनाउँदै आइन्दा सहमतिमा बेगर सभा नगर्न नगर प्रमुखलाइ निर्देशनात्मक आदेश भएको उल्लेख गरेका छन् ।

यता मेयर राजन पौडेलले अदालतले रिट खारेज गरेसँगै नगर सभाले कानूनी रुपमा मान्यता पाएको बताउँदै कुन पक्षलाई के निर्देशनात्मक आदेश दियो भन्ने बारेमा पूर्णपाठ आएपछि मात्र थाहा हुने जनाए ।

टिप्पणी : जीतपुरसिमराको बजेट रोक्ने ‘मिसन असफल ! मेयरको कानूनी विद्रोहलाई अदालतको ‘ग्रिन सिग्नल’

nijgadh-supermart-adz1200-630