पत्रकार मृत्यु प्रकरण : लापरबाही गर्ने अस्पतालको छानविन नभए घेराउ गर्ने श्रमजीवि पत्रकार संघको चेतावनी
वि.सं.२०७८ माघ ६ बिहीवार २२:४१

काठमाण्डौं : पत्रकार एलबी विश्वकर्मा मृत्यु प्रकरणलाई लिएर विभिन्न सञ्चार सम्वद्ध संस्था र सञ्चारकर्मीले छानविनको माग गरेका छन् ।
टिभी टुडे टेलिभिजनका पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को २४ वर्षको अल्पायुमै विहीबार विहान निधन भएको थियो ।
पत्रकार विश्वकर्माको उपचारको क्रममा लापरबाही भएको समाचार बाहिर आएको थियो । नेपाल पत्रकार महासंघले विज्ञप्ती निकालेर उपचारमा सहज नभएको उल्लेख गरेको थियो । सामाजिक सञ्जालमा सञ्चारकर्मीहरुले यसबारेमा छानविनको माग गरिएको छ ।
श्रमजीवी पत्रकारको चेतावनी
श्रमजीवी पत्रकार संघ नेपालले शोक वक्तव्य निकालेर पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने मेडिकल माफिया र उपचार खर्च नदिने सम्बन्धित सञ्चार संस्थाको गैरजिम्मेवार हर्कत र लापरवाहीप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वक्तब्यमा भनिएको छ–घटनाका दोषीउपर छानविनसहित हदैसम्मको कारवाहीसहित परिवारलाई उचित क्षतिपूर्तिका लागि नेपाल सरकार र सम्बन्धित निकायसमक्ष जोगदार माग गर्दछौं । अन्यथा हाम्रो संगठन मेडिकल माफिया र सरोकारवाला संस्था घेराउ गर्न बाध्य हुनेछ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं निकाय नै हुने पनि यसै विज्ञपितमार्फत स्पष्ट गर्दछौं । 
संघका अध्यक्ष जन्मदेव जैसी र महासचिव धनञ्जय वुढा महासचिवले निकालेको वक्तव्यमा विश्वकर्माको असमायिक निधनबाट हामीसहित सिंगो पत्रकारजगत स्तब्ध छ । हाम्रो संगठन पत्रकार लालबहादुर विश्वकर्माको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखत घडीमा परिवारजनसहित सम्पूर्ण पत्रकारजगतप्रति हार्दिक समवेदना प्रकट गर्दछ भनिएको छ ।
यस्तो छ शोक वक्तब्य
शोक–वक्तव्य
मिति : ०६ माघ, २०७८
टिभी टुडे टेलिभिजनका पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को २४ वर्षको अल्पायुमै भएको असामयिक निधनबाट हामीसहित सिंगो पत्रकारजगत स्तब्ध छ । हाम्रो संगठन पत्रकार लालबहादुर विश्वकर्माको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखत घडीमा परिवारजनसहित सम्पूर्ण पत्रकारजगतप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
आफन्तका अनुसार नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पताल (सिभिल हस्पीटल)मा उपचारका लागि पु¥याइएका पत्रकार एलवीलाई कोरोना टेस्टविना उपचार नहुने भनेर लापरवाही गरेको त्यहाँ उपचार गर्न नमान्दा पाटन अस्पताल पु¥याइएपनि बुधवार राती नै दुःखत निधन भयो ।
अछामको रामारोशन निवासी पत्रकार विश्वकर्मा पछिल्लो समय काठमाडौंमा रही पत्रकारितामा सक्रिय स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गरिरकेका पत्रकार विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ ।
पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने मेडिकल माफिया र उपचार खर्च नदिने सम्बन्धित सञ्चार संस्थाको गैरजिम्मेवार हर्कत र लापरवाहीप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाका दोषीउपर छानविनसहित हदैसम्मको कारवाहीसहित परिवारलाई उचित क्षतिपूर्तिका लागि नेपाल सरकार र सम्बन्धित निकायसमक्ष जोगदार माग गर्दछौं । अन्यथा हाम्रो संगठन मेडिकल माफिया र सरोकारवाला संस्था घेराउ गर्न बाध्य हुनेछ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं निकाय नै हुने पनि यसै विज्ञपितमार्फत स्पष्ट गर्दछौं ।
जन्मदेव जैसी, (अध्यक्ष )धनञ्जय वुढा , महासचिव https://faraknepal.com/8436
वि.सं.२०७८ माघ ६ बिहीवार २२:४१
















