skip this

कोल्हबी नगरपालिकाले दुध उत्पादन सहकारी संस्थालाई अनुदान दिने

699 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-कोल्हबी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा दुध उत्पादन सहकारी संस्थाहरुलाई उत्पादनको आधारमा प्रोत्साहन स्वरूप रु. ०.५० पैसा प्रतिलिटरका दरले अनुदान दिने निर्णय गरेको छ । यस सम्बन्धी सूचना २०८२ जेठ २७ गते प्रकाशित गरिएको हो ।

नगरपालिकाले “दुध उत्पादन सहकारी संस्थाहरुलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान सहायता कार्यक्रम कार्यविधि २०७९” अनुसार सो अनुदान प्रदान गर्न लागेको हो ।

२०८१ साल श्रावण १ गतेदेखि चैत्र ३२ गतेसम्मको दुध उत्पादनको आधारमा सम्बन्धित सहकारी संस्थाहरुले अनुदान पाउन सक्नेछन् ।

यसका लागि सहकारीहरुले कार्यालयमा ७ दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । आवश्यक विवरण नगरपालिकाको वेबसाइट www.kolhabimun.gov.np बाट पनि प्राप्त गर्न सकिनेछ ।

आवश्यक कागजातहरू :

१. अनुदान अनुरूपको निर्णयसहितको सभा निर्णय पत्र
२. सहकारीको दर्ता प्रमाणपत्र र नविकरण प्रमाणपत्र
३. कर तिर्ने प्रमाणपत्र
४. बैंक खाताको विवरण
५. मासिक दूध बिक्री विवरण
६. सम्वन्धित वडा कार्यालयको सिफारिस

nijgadh-supermart-adz1200-630