गर्मीका कारण जीतपुरसिमरा उपमहानगरपालिका भित्रका विद्यालयहरुमा दुई दिनको विदा
वि.सं.२०८२ जेठ २८ बुधवार २३:१८
900
shares

बारा-विगत केही दिनदेखि बढ्दो गर्मी र त्यसले बालबालिकाको स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आगामी २०८२ साल जेष्ठ २९ र ३० गते (२ दिन) का लागि बिदा दिइएको छ।
उक्त बिदा बर्षे विदाबाट कट्टा हुने गरी दिइने जानकारी दिँदै सम्बन्धित विद्यालय, अभिभावक तथा सरोकारवालाहरुलाई जानकारी गराइएको छ ।
यो निर्णय बालबालिकाको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकता दिई गरिएको हो ।
वि.सं.२०८२ जेठ २८ बुधवार २३:१८
















