skip this

प्रोग्रेसिभ फाइनान्स लिमिटेडद्वारा औराहा स्कुलका टाढा बासिन्दा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

939 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- प्रोग्रेसिभ फाइनान्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत टाढाबाट विद्यालय आउने विद्यार्थीहरूलाई छाता, झोला (व्याग) र कपी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा लामिछाने, प्रधानाध्यापक लालबाबु साह, फाइनान्सका शाखा प्रमुख अमित अर्यालसहित अन्य कर्मचारी तथा विद्यालयका शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस अवसरमा प्रमुख अतिथिहरूले विद्यार्थीहरूलाई निरन्तर अध्ययनमा लाग्न प्रेरणा दिँदै, यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउने विश्वास व्यक्त गरे।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आगामी दिनमा पनि यस्ता सामाजिक क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको विद्यालयका सूचना अधिकारी धनप्रसाद बजगाईले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630