निजगढमा अखिल नेपाल महिला संघद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
वि.सं.२०८२ भदौ ४ बुधवार २२:१३

बारा–अखिल नेपाल महिला संघ निजगढ नगर कमिटीले ‘समृद्ध नेपाल, सुखी नेपाली, हाम्रो अभियान समान सहभागिताका लागि सुदृढ संगठन’ भन्ने मूल नाराका साथ तीज पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा अनेमा संघ मधेश प्रदेश अध्यक्ष अन्जु नेपाली प्रमुख अतिथि रहेकी थिइन्। निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ, पूर्व उपमेयर लिलादेवी लामिछाने खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा पूर्व सभासद बलबीर चौधरी, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य दुर्गा कोइराला, सुदर्शन प्रसाद कोइराला, अम्बिकाप्रसाद चौलागाई, जिल्ला सदस्य केशव प्रसाद उपाध्याय ढोडारी, अनेमसंघ केन्द्रीय सदस्य एवम् पार्टी जिल्ला सदस्य सरिता सापकोटा, एमाले निजगढ नगर अध्यक्ष तिलक घलान, उपाध्यक्ष सम्झना थापा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम जानुका अधिकारीले सञ्चालन गरेकी थिइन् भने सभाध्यक्षमा शोभा राउत रहेकी थिइन्।

वि.सं.२०८२ भदौ ४ बुधवार २२:१३
















