skip this

सिम्रौनगढमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, दर्जनौं घाइते

पाँच जनाको अवस्था गम्भीर

612 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ छठपूजाका लागि माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने दजनौं घाईते भएका छन् ।

प्रादेशिक अस्पताल कलैयाका अनुसार सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शारदा देवीको मृत्यु भएको हो ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूको उपचार हाल प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।

nijgadh-supermart-adz1200-630