हिमचुली साना किसान कृषि सहकारी संस्था निजगढको अध्यक्षमा पुनः कोईराला
वि.सं.२०८२ असोज २५ शनिवार २२:१४

बारा–निजगढ ९ स्थित हिमचुली साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः दुर्गा घिमिरे कोईराला निर्वाचित भएकी छिन् ।
हिमचुलीको १५ औं साधारण सभाले कोइरालाको अध्यक्षतामा आगामी ४ वर्षका लागि संचालक समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सम्झना थापा लामिछाने र सदस्यहरुमा अर्जुनप्रसाद अधिकारी, अरुणाकुमारी उप्रेती, रमा अधिकारी, फूलमाया लो पुनः निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यमा देवकी रेग्मी, रिता चापागाई र जयराम अधिकारी चयन भएका छन् ।
त्यसैगरी साधारण सभाले बालकृष्ण सापकोटाको संयोजकत्वमा कोशिला पाठक र कोपिला राई सदस्य रहेको ३ सदस्यीय संस्थाको लेखा समिति पनि चयन गरेको छ ।

यसअघि संविधान सभा सदस्य पुरुषोत्तम पौडेलले विरुवा जलसेचन गरेर साधारण सभाको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहकारी संस्थाहरुले शेयर सदस्यहरुको उन्नति र प्रगतिको लागि सहकार्य गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एकबहादुर श्रेष्ठ, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेवी लामिछाने खनाल, सगरमाथा सहकारी संस्थाका अध्यक्ष भोलाप्रसाद गौतम, दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय सचिव थानेश्वर सापकोटालगायतले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, लोकप्रिय साकोसका अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, सेवा शुभारम्भ साकोसका अध्यक्ष मणीश्वर घिमिरे, सार्वजनिक माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, सुनाखरी साना किसान कृषि सहकारी संस्था रतनपुरीका अध्यक्ष सागर दाहाल, निर्वाचन मण्डलका संयोजक मुकुन्दराज लामिछाने लगायत सहभागि थिए ।
सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सम्झना लामिछाने थापाले स्वागत र अर्जुनप्रसाद अधिकारीको संचालन रहेको थियो ।

सभामा अध्यक्ष दुर्गाकुमारी घिमिरेले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक रामचन्द्र मण्डलले पेस गरेको लेखापरीक्षण प्रतिवेदन र व्यवस्थापक सुर्यप्रसाद तिमल्सिनाले प्रस्तुत गरेको संस्थाको आर्थिक प्रतिवेदन सर्वसम्मतिमा पारित भएको छ ।

कार्यक्रममा यस वर्ष निजगढ नगरपालिकास्थित सामुदायिक विद्यालयहरुबाट एसईईमा उत्कृष्ट अंकसहित उर्तिण हुने शेयर सदस्य परिवारको सदस्यहरुमध्ये छात्र हिमान्सु घिमिरे र छात्रा अपेक्षा पौडेललाई नगदसहित सम्मानित गरिएको छ ।




त्यसैगरी जेष्ठ सदस्य सम्मान समूह नम्बर १४९ की शुभद्रा उप्रेतीले प्राप्त गर्नुभएको छ भने कर्मचारी सम्मानतर्फ संस्थाका ऋण सहायक राजकुमार फुयाल र पूर्वकर्मचारी कमलप्रसाद अधिकारीलाई सम्मान गरिएको छ ।

त्यस्तै असल कारोबारतर्फ रामकृष्ण पाण्डे, असल समूह बचततर्फ समूह नम्बर १४९ लाई सम्मानित गरिएको छ ।

वि.सं.२०८२ असोज २५ शनिवार २२:१४

















