skip this

जीतपुरसिमरामा असोज २७ गतेदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने

741 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरामा असोज २७ गतेदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।

यो अभियान पाँच दिनसम्म सञ्चालन हुने स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुखका जनस्वास्थ्य अधिकृत रबि कुमार भाष्करले जानकारी दिए ।

भाष्करका अनुसार उपमहानगरभित्र करिब एक लाख २८ हजार जनालाई यो खोप खुवाइने लक्ष्य छ । हैजा महामारीविरुद्धको औषधि एक वर्ष उमेर माथिका सबैलाई खुवाइने उनले बताए ।

सिमरास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा खोप अभियान सञ्चालन गर्न नगरस्तरिय खोप समन्वय समितिको बैठक र पत्रकारसँग अन्तरकृया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नगरपालिकाका मेयर राजन पौडेल, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई, डब्लुएचओका प्रतिनिधि सागर तिवारीले विचार व्यक्त गरेका थिए ।

अभियान नगरभित्रका २५ वटै स्वास्थ्य संस्थाबाट खोप वितरण गरिने भएको छ । त्यसैगरि विद्यालय र उद्योग प्रतिस्ठानमा समेत खोप वितरण गरिने भएको छ ।

खोप खुवाउन बन्द रहेका सामुदायिक विद्यालयलाई दुई दिन खोल्ने निर्णय भएको मेयर राजन पौडेलले जानकारी दिए ।

पर्साको वीरगञ्ज महानगरपालिकामा हैजा तीव्र गतिमा फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) सँग खोप मागेको थियो । मुखबाट दिइने हैजाविरुद्ध इयूभिकोल–एस खोप १० लाख १८ हजार मात्रा प्राप्त भएको छ ।

सरकारले परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगका खोप दिन लागेको हो ।

गत ६ भदौमा वीरगञ्ज महानगरपालिका–१२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो । त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ ।

 

nijgadh-supermart-adz1200-630