skip this

टांगियाबस्तीमा जिल्ला स्तरीय फुटबलमा निजगढको विजयी सुरुवात

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको जीतपुरसिमरा–१६, टाङ्गियाबस्तीमा रहेको सम्झौता युवा क्लबले आयोजना गरेको जिल्लास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा निजगढ फुटबल टिमले कोहल्वी फुटबल टिमलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन विशेष कार्यक्रमका बीच सम्पन्न गरिएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेलले फुटबल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय समाजसेवी रमेश सापकोटा, कृष्ण बुढाथोकी, तिलक जिम्वा, मान बहादुर थापा, देवी आले मगर, ज्ञान बहादुर थिङ, दुधलाल बम्जन, डोर बहादुर बुढाथोकी, बिष्णु बहादुर गुर्माछान, सुवास सुनुवार, बिन्दा माझी लगायत सयौं खेलप्रेमीको उत्साहपूर्ण उपस्थितिमा खेल सम्पन्न गरिएको हो।

nijgadh-supermart-adz1200-630