skip this farak Kura Pravakar

श्री गौरीशंकर मावि निजगढ–८ को ५२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको तयारी पुरा

714 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-श्री गौरीशंकर माध्यमिक विद्यालय, निजगढ नगरपालिका–८, बाराले आफ्नो ५२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आगामी २०८२ माघ १० गते विविध कार्यक्रमका साथ मनाउने भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौलाका अनुसार विद्यालयको शैक्षिक यात्रा, उपलब्धि र चुनौतीको साझा समीक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
उनले भने, “५२ वर्षको शैक्षिक यात्रामा विद्यालयले हासिल गरेका उपलब्धि अभिभावक र समुदायसँग साझा गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षाका लागि सहकार्य विस्तार गर्ने हाम्रो लक्ष्य हो।”

त्यस्तै विद्यालयका प्रधानाध्यापक बद्रिनारायण झाले अभिभावक दिवसले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
उनले भने, “विद्यार्थीको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। यस कार्यक्रममार्फत विद्यालय र अभिभावकबीचको आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरेका छौँ।”

कार्यक्रम बिहान १०ः३० बजे विद्यालयको प्राङ्गणमा सुरु हुने छ। उक्त अवसरमा विद्यार्थीहरूको प्रतिभा प्रस्तुति, सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रगति विवरण प्रस्तुतिकरण तथा अभिभावक–विद्यालय अन्तरक्रिया कार्यक्रम समेत समावेश गरिने जनाइएको छ।

विद्यालय परिवारले कार्यक्रमलाई सफल बनाउन अभिभावक, विद्यार्थी, शिक्षक, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला सबैलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

nijgadh-supermart-adz1200-630