skip this farak Kura Pravakar

निजगढमा दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता फागुन ९ देखि

429 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—निजगढ नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा तथा निजगढ फुटबल क्लब, निजगढ–९ को व्यवस्थापनमा दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

समितिको माघ १२ गतेको बैठक निर्णयअनुसार प्रतियोगिता २०८२ फागुन ०९ गतेदेखि निजगढ नगरपालिका वडा नं. ९ स्थित शहीद हिरालाल रंगशाला खेल मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितामा नगरका सबै वडाबाट सहभागिता रहने गरी प्रति वडा एक टिम सहभागी हुने व्यवस्था गरिएको छ। सहभागी खेलाडीहरू १६ वर्षमुनिका इच्छुक पुरुष हुनेछन्। वडा कार्यालहरूलाई आवश्यक समन्वय गरी मिति २०८२।११।०५ गतेसम्म फाराम भरी आयोजक/सञ्चालक समितिमा पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ।

थप जानकारीका लागि ९८१३१९५५१६ र ९८१११२१६११ नम्बरमा सम्पर्क गर्न सकिने शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ। प्रतियोगिताले नगरस्तरीय प्रतिभा पहिचान र युवा खेलाडीको क्षमता विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।

nijgadh-supermart-adz1200-630