skip this

हेटौंडामा आजदेखि २१औं विश्वशान्ति ‘महा मै मैत्री बोधि मार्ग दर्शन’ कार्यक्रम हुने

387 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बोधि श्रवण धर्म संघ, बारा, नेपाल तथा मैत्री आध्यात्मिक संस्थाको आयोजनामा हेटौंडामा ‘२१औं विश्वशान्ति महा मै मैत्री बोधि मार्ग दर्शन/मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम–२०८२’ आयोजना हुने भएको छ।

कार्यक्रम लोकतान्त्रिक (हुप्रा) चौर, हेटौंडा उपमहानगरपालिका–४ मा आगामी चैत्र २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। दैनिक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ।

परम पूजनीय मैत्रीनाथज्यूको सत् संकल्पमा आयोजना हुन लागेको उक्त कार्यक्रमले विश्वशान्ति, आध्यात्मिक जागरण तथा मानवमा मैत्रीभाव अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। आयोजकका अनुसार कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन सर्वसाधारणलाई मैत्रीपूर्ण आमन्त्रण गरिएको छ।

मैत्री धर्मका ११ शीलहरूमा आधारित यस कार्यक्रमले मानवबीच भेदभावरहित समाज निर्माण, सत्य मार्गको अनुसरण, अहिंसा, करुणा तथा विश्वकल्याणको सन्देश प्रवाह गर्ने उद्देश्य लिएको छ। कार्यक्रममा विभिन्न आध्यात्मिक प्रवचन, ध्यान तथा साधनाका गतिविधिहरू सञ्चालन गरिने छन्।

आयोजकले नाम, जाति, धर्म, वर्ण, लिङ्ग वा कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई सहभागी हुन आग्रह गरेको छ। साथै, सत्य गुरु मार्गको अनुसरण गर्दै विश्वलाई लाभ हुने कर्म गर्न समेत प्रेरित गरिने जनाइएको छ।

nijgadh-supermart-adz1200-630