skip this

आजदेखि काठमाडौं उपत्यकामा ८ बजेपछि गाडी चलाउन नपाइने

1.68K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने भएको छ।
कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक सवारी संचालनमा रोक लगाउने भएका हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अत्यावश्यक सेवा, ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु बेलुकी ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ। जिल्ला प्रशासन कार्यालयहरूले आजदेखि थप कडाइ गर्दै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरेका छन्।
निषेध आदेशअनुसार स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन्।
यस्तै, शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने आदेशलाई कायमै राखिएको छ भने कुनै पनि प्रकारका सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबारलगायत मानिसको भीडभाड हुने कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ।

nijgadh-supermart-adz1200-630