skip this

वीरगन्जका ट्रक चालक श्रेष्ठ रसुवा भन्सारबाट सम्पर्क विहीन

63 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-हालै आएको बाढीपछि वीरगन्जका अनुटम श्रेष्ठ सम्पर्कविहीन भएका छन्। बाढीपछि हालसम्म उनीसँग कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।

परिवारका अनुसार श्रेष्ठ ट्रक लिएर रसुवामा सामान लिन गएका थिए । १० गते विहानसम्म परिवारको सम्पर्कमा थिए । श्रेष्ठको खोजी भइरहेको छ। उनलाई कसैले देख्नुभएको भए वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा तत्काल परिवारलाई जानकारी गराउन आग्रह गरिएको छ।

विशेषगरी टिमुरेमा रहनुभएका तथा टिमुरेका व्यक्तिहरूसँग सम्पर्कमा रहनुभएका महानुभावहरूलाई अनुटम श्रेष्ठबारे कुनै जानकारी प्राप्त भएमा तुरुन्त खबर गरिदिन परिवारले अनुरोध गरेको छ।

सम्पर्क नम्बर:
📞 ९८१५२४३९०८
📞 ९८४५२२९०१२

अनुटम श्रेष्ठको खोजीमा सबैको सहयोग आवश्यक रहेको भन्दै परिवारले सूचना धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याइदिन आग्रह गरेको छ। एउटा शेयरले समेत उनको अवस्थाबारे जानकारी पत्ता लगाउन महत्वपूर्ण सहयोग पुग्न सक्ने परिवारको विश्वास छ।

nijgadh-supermart-adz1200-630