भोटेकोशी बाढी : प्रणामी मन्दिर सडकटोलमा १०८ दिप प्रज्वलन र कोषमा ५१ हजार जम्मा
वि.सं.२०८३ भदौ १६ मंगलवार १८:५०

निजगढ-रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बाराको निजगढमा दीप प्रज्वलन गरिएको छ ।
निजगढ नगरपालिका–६ सडकटोल प्रणामी नगरस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बाढी तथा विपद्मा परी ज्यान गुमाएकाको आत्माको शान्तिको कामना गर्दै १०८ वटा दीप प्रज्वलन गरिएको मन्दिर समितिका सचिव प्रकाश सापकोटाले जानकारी दिए ।

दीप प्रज्वलन कार्यक्रममा निजगढ नगरपालिका–६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, प्रणामी सेवा समितिका विभिन्न तहका अगुवा तथा प्रणामी समुदायका उल्लेख्य सदस्यहरूको सहभागिता रहेको थियो ।
यसैबीच, विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले श्रीकृष्ण प्रणामी मन्दिरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
मन्दिर समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाका अनुसार मन्दिरको तर्फबाट उक्त रकम कोषमा जम्मा गरिएको हो। मानवीय सेवाप्रतिको सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको उनले बताए ।
वि.सं.२०८३ भदौ १६ मंगलवार १८:५०

















