skip this

रसुवाको बाढीपीडितका लागि हातेमालो सहकारी सिमराद्वारा १ लाख ५१ हजार सहयोग

63 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बाराको जीतपुरसिमरा–२ सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राहतका लागि आर्थिक सहयोग गरेको छ।

सहकारीले विपद्का कारण प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार १५५ रुपैयाँ सहयोग रकम जम्मा गरेको जनाएको छ।

नेपाल सरकार, सहकारी संघ तथा स्थानीय सहकारी संस्थाहरूको अपिलअनुसार विपत्तिको समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्न अग्रसर हुँदै आएको सहकारीले जनाएको छ। समुदायको दुःख–सुखमा साथ दिने सामुदायिक संस्थाको भूमिकाअनुसार उक्त सहयोग गरिएको सहकारीको भनाइ छ।

हातेमालो सहकारीले विपद्को यस घडीमा पीडित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै सहयोग, सहकार्य र मानवीय सेवामा ऐक्यबद्धता जनाउन सबैमा अपिलसमेत गरेको छ।

सहकारीले बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

सहकारीका कोषाध्यक्ष पेशलकुमार मुल्मी र अध्यक्ष रामचन्द्र पौडेलद्वारा जारी जानकारीमा सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उल्लेख छ।

nijgadh-supermart-adz1200-630